Photo of Milford Sound in New Zealand

पोखरा, ४ पुस । बाग्लुङको कालिका गाउँमा प्रसिद्ध बाग्लुङ कालीको मन्दिर छ । यिनी खड्काहरूकी इष्टदेवी मानिन्छिन् । खड्काहरूले नै बसाइँ सरेर आउने क्रममा पश्चिमबाट यस भेगमा यिनको मूर्ति ल्याएको विश्वास गरिन्छ । यो मन्दिर कालीगण्डकी र काँढे खोलाको बीचमा पर्ने जंगलभित्र छ ।

यो मन्दिर तले शैलीमा निर्मित छ । यसको गुठी वि.सं. १८५९ सालतिर राखिएको प्रमाण पाइएको छ । तले शैलीको मन्दिरमा राखिएकी यी देवीको प्रस्तर मूर्ति पुजारीबाहेक अरूले हेर्नु हुँदैन भन्ने जनविश्वास छ । बाग्लुङ कालीको पूजाआजा तान्त्रिक विधिबाट गरिन्छ । बडादशैं, चैतेदशैंका अवसरमा यस मन्दिरमा भक्तहरूको ठूलो भीड लाग्दछ । विशेष गरी दशैंको समयमा यहाँ पशुबलि दिने चलन छ ।

वि.सं. १५९० सालतिर पाल्पाली सेनराजा मुकुन्द सेनले यो गाउँ छोरीलाई दाइजो दिएको पाइने हुनाले यी कालीको स्थापना त्यही समयतिर भएको हुन सक्ने देखिन्छ । कालीको रथयात्रा पनि गर्ने चलन छ ।

The post बागलुङ कालिकाको यस्तो शक्ति ! किशोरीहरुलाई राष्ट्रपति बन भनेर आशिर्बाद भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kqrNuL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top