Photo of Milford Sound in New Zealand

काठमाण्डु, २७ मंसिर– माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कामचलाउ हैसियतमा सीमित वर्तमान काँग्रेस नेतृत्वको सरकारलाई महत्वपूर्ण काम नगर्ने अधिकार नभएको भन्दै सचेत गराएका छन् ।

सरकारले सातवटै प्रदेशमा राज्यपाल नियुक्तिको तयारी गरेको समाचार आइरहेका बेला श्रेष्ठले वर्तमान कामचलाउ सरकारले निर्वाचित जनप्रतिनिधि संस्थालाई सत्ता हस्तान्तरणबाहेक अरु काम गर्न नहुने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत श्रेष्ठले बुधबार लोकतान्त्रिक मूल्यमान्यताको अनुशरण गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘अहिलेको कामचलाउ सरकारले निर्वाचित जनप्रतिनिधि संस्थाहरुलाई सत्ता हस्तारण गर्नको लागि आवश्यक न्यूनतम संवैधानिक र कानुनी कार्यहरुबाहेक अन्य कुनै पनि निर्णय गर्नुहुँदैन । लोकतान्त्रिक मुल्य मान्यता लाई सबैले अनुसरण गरौं’, श्रेष्ठले लेखेका छन् ।

सरकारले निर्वाचन परिणाम आइरहेका बेला केही दिनअघि गोरखापत्र संस्थानको महाप्रबन्धकमा काँग्रेस निकट वसन्तप्रकाश शर्मा, चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको थियो । यस्तै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई हटाएर अनिल झालाई नियुक्ति गर्ने तयारी गरेको छ । kathmandutoday

The post नारायणकाजीले शेरबहादुर देउवालाई थर्काए ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AUJlpT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top