Photo of Milford Sound in New Zealand

काठमाडौं, २७ मंसिर । नेपाली सेनाले निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्ति आफ्नो नियन्त्रणमा रहेको स्पष्ट पारेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मतपरिणाम आइसकेका बेला बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले निर्वाचन विरोधी गतिविधि गर्ने व्यक्तिलाई बेपत्ता पारिएको भन्ने आरोपमा आपत्ति जनाएको हो । सेनाले ति व्यक्ति भगौडा सैनिक रहेको र आफ्नो नियन्त्रणमा रहेको जानकारी दिएको छ ।

यस्तो छ नेपाली सेनाको ध्यानाकर्षणः

निर्वाचन विरोधी गतिबिधी गरेको आशंकामा मोरङ्ग प्रशासनबाट नियन्त्रणमा लिईएका एक व्यक्ति बेपत्ता भएको भन्दै उनको स्थिती सार्वजनिक गर्न माग गरेको सम्बन्धी विराटनगरस्थित स्थानीय पत्रिकामा प्रकाशित समाचार प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका आशंकामा नेपाल प्रहरीबाट प्रकाउ परेका झल कुमार भगतलाई प्रहरीबाट अनुसन्धानको क्रममा सोधपुछ हुँदा निज व्यक्ति मिति २०६२ मंसिर ४ गते सैनिक सेवाबाट भगौडा भएका सिपाही झल कुमार भगत भएको भन्ने खुल्न आएकोले सैनिक ऐन २०६३ बमोजिम कारवाहीको लागि निजलाई प्रहरीबाट बुझि लिई अनुसन्धानको लागि सैनिक निगरानीमा राखिएको जानकारी गराउन चाहन्छौं ।

The post चुनावी नतिजा सकिएलगत्तै सेनाले निकाल्यो कडा विज्ञप्ति appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J


from SHYANE http://ift.tt/2C0jvzQ
via IFTTT
13 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top