Photo of Milford Sound in New Zealand

भारतमा बिदाको समय सबैभन्दा धेरै फिल्महरु रिलिज हुन्छन् ता कि धेरै भन्दा धेरै दर्शक हलमा आऊन् । बिदाको सयम रिलिज गरिने फिल्मले कमाईका नयाँ रेकर्ड पनि राख्छन् । त्यसैले पनि आमिर खान, सलमान खान र शाहरुख खान बिदाको समयमा फिल्म रिलिज गर्न रुचाउँछन् । र उनीहरुका फिल्मले नयाँ नयाँ रेकर्डहरु बनाएको उदाहरण हामी सबैलाई थाहा छ । तर दक्षिण भारतमा एउटा यस्ता सुपरस्टार छन् जस्को फिल्मलाई कुनै चाँडपर्व वा बिदाको समय रिलिज गर्न आवश्यक पर्दैन् । उनको फिल्म आएपछि दक्षिण भारतमा बिदा नै हुन्छ । नाम हो रजनीकान्त । दक्षिण भारतमा उनको फिल्म आउनु भनेको चाँडपर्व आए जस्तै हो । चाडपर्व र बिदाको दिनमा रिलिज नगर्दा पनि रजनीकान्तका फिल्मले नयाँ नयाँ रकेर्डहरु बनाउँछन् । भारतमा ‘सुपरस्टार’ भनेर एकै ब्यक्तिलाई मात्रै सम्बोधन गरिन्छ त्यी ब्यक्ति हुन् रजनीकान्त । दक्षिण भारतमा उनलाई भगवानको रुपमा हेरिन्छ । उनको नामबाट कयौँ मन्दिहरु पनि बनाईएको छ । मानिसहरु उनको पुजा गर्छन् । यस्तो सफलता र माया प्रायः कमै कलाकार वा स्टारले पाउँछन् ।

रजनीकान्तको जन्म १२ डिसेम्बर १९५० मा कर्नाटक अन्र्तगत बैङ्लोर शहरमा भएको थियो । मध्यम वर्गिय परिवारका जन्मिएका रजनीकान्तको नाम आमा बुवाले शिवाजी राव गायकवाड राखेका थिए । उनका बुवा पुलिस थिए भने आमा गृहिणी थिईन् । घरमा कान्छो अर्थात चौँथो सन्तानको रुपमा रजनीकान्तको जन्म भएको थियो । ६ वर्षको उमेरमा उनी स्कुल भर्ना भए । स्कुल देखि नै उनी पढाईमा अब्बल थिए । उनी खेलकुदमा पनि रुचि राख्थे । ९ वर्षको उमेरमै उनको आमाको मृत्यु भयो ।

स्कुल समयमै उनले कयौँ नाटक खेलेर प्रशंसा पाए । उनले पहिलो नाटक ‘रामकृष्ण मठ’ नामक संस्कृत पढाई हुने एक विद्यालयमा गरेका थिए । स्कुल पढ्दा नै उनले ‘महाभारत’का ‘एकलब्य’को भूमिका निर्वाह गरे । त्यो सबैले मनपराए । त्यसपछि नै उनको रुचि विस्तारै नाटक तथा थिएटरमा जान थाल्यो । तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले उनले त्यसलाई निरन्रता दिन पाएनन् । आफ्नो जिविकोपार्जनका लागि रजनीकान्तले कयौँ तल्लो स्तरको काम गरे । कार्पेन्टर र कुलीको काम पनि गरे । साथै बैङग्लोर ट्रान्सपोर्ट अन्र्तगतका गाडिहरुमा ‘खलासी’को काम पनि गरे ।

गाडिमा ‘खलासी’ काम गर्न थालेपछि केहि पैसा कमाउन थाले । बचेको पैसा परिवारलाई खर्च धान्न दिन्थे । उनले खलासी भएर काम गर्न थालेपछि परिवारलाई केहि राहत भयो । त्यो बेलासम्म पनि नाटक खेल्ने उनको चाहना मरिसकेको थिएन् । बसमा टिकट काट्ने समयमा पनि फरक फरक अभिनय र सिट्टी बजाउँथे । उनको त्यो स्टाईल देखेर प्यासेन्जरहरु निकै उत्साहित हुन्थे । उनी अरु ‘कन्डक्टर’ भन्दा निकै फरक थिए ।

एकदिन उनले पत्रिका गर्दा ‘मद्रास फिल्म इन्टिच्युट’को बारेमा थाहा पाए । उक्त इन्टिच्युटले अभिनय सिकाउँथ्यो । अभिनय सिक्नको लागि घरमा कुरा गरे । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनको कुरालाई परिवारले समर्थन गरेन् । तर रजनीकान्तसँगै काम गर्ने एकजना साथीले उनलाई सहयोग गरे । केहि पैसा दिए । त्यसपछि उनले ‘कन्डक्टर’को जागिर छोडे र सन् १९७३ तीर अभिनय सिक्न थाले । साथै विभिन्न ठाउँमा हुने नाटकहरुमा सानो रोल गर्दै उनले थोरै पैसा कमाउन सुरु गरे ।

एकदिन सोहि इन्टिच्युटले एउटा नाटक प्रदर्शन गर्दै थियो । उक्त नाटकका निर्देशक थिए केबाला चन्द । जो, त्यो बेलाका निकै चर्चित निर्देशक थिए । केबाला चन्दको नजर रजनीकान्तमा पर्यो । उनको अभिनय र स्टाईलबाट निर्देशक आश्चर्य चकित परे । त्यसपछि उनले आफ्नो एक तामिल फिल्मका लागी रजनीकान्तलाई तत्काल साईन गराए । र रजनीकान्तलाई तामिल भाष सिक्न सुझाए ।

फिल्म खेल्नकै लागि रजनीकान्तले तामिल भाषा सिके । अन्नतः सन् १९७५ ‘पूर्व रागगंगल’ बाट फिल्ममा डेब्यु गरे । पहिलो फिल्ममा खलनायकको भूमिका निर्वाह गरे । उनको रोल धेरै थिएन् तर अभिनयको सबैले प्रशंसा गरे । सबैले उनलाई चिन्न थाले । अभिनय राम्रो भएकै कारण सोहि वर्ष अर्को फिल्म पनि मिल्यो । फिल्म थियो ‘कथा संगम’ । उक्त फिल्मपछि उनलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेन् । आफ्नो युनिक अभिनय क्षमताका कारण साउथ फिल्मका ‘सुपरस्टार’ बने ।

सुपरस्टार भइसकेपछि एकदिन उनको भेट लता रंगाचारिसँग भयो । लता आफ्नो कलेजको पत्रिकाको लागि रजनीकान्तको अन्र्तवार्ता लिन पुगेकी थिईन् । पहिलो भेटमै लताबाट रजनीकान्त खुबै प्रभावित भए । २६ फेब्रुअरी ससन् १९८१ मा लतासँग रजनीकान्तको विहे भयो । हाल उनीहरुका दुई छोरी छन् । एक छोरीको नाम ऐश्वर्या हो भने अर्की छोरीको नाम सौन्दर्या हो । दुई छोरी मध्ये ऐश्वर्याको तामिल फिल्मकै अभिनेता धुनषसँग विहे भइसकेको छ । र उनकी कान्छी छोरी तमिल फिल्म निर्माण तथा निर्देशनमा सक्रिय छिन् ।

तामिल फिल्मको ‘सुपरस्टार’ भइसकेपछि उनले हिन्दी फिल्ममा पनि काम गरे । र पहिलो हिन्दी फिल्म अमिताभ बच्चनसँग गरे । फिल्मको नाम ‘अन्धा कानुन’ थियो । त्यसपछि नै उनले हिन्दी फिल्म र तमिल फिल्म सँगसँगै गर्न थालेका हुन् । ६७ वर्ष भइसक्दा पनि रजनीकान्तको स्टारडम कायमै छ । एक वर्ष अघि रिलिज भएको कबालीले हिन्दी भाषामा मात्रै तीन सय करोड कमाएको थियो । ‘कबाली’ तामिल भाषामा पनि सर्वाधिक कमाउने फिल्म बनेको थियो । ‘रोबर्ट’को सिक्वेल ‘२ं.०’ पनि रिलिजको तयारीमा छ ।

रजनीकान्तको ६७ औँ जन्मदिनको अवसरमा
स्रोतः विभिन्न अनलाइन र सामाजिक संजालको सहयोगमा

The post तामिल फिल्मका ‘भगवान’ रजनीकान्त, उनको फिल्म आएपछि दक्षिण भारतमा बिदा नै हुन्छ… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AOqsEJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top