Photo of Milford Sound in New Zealand

काठमाडौँ : नेपालका तीन नोट तथा एउटा सिक्का संसारकै उतकृष्ट नोटको सुचीमा परेको छ । बिश्व प्रसिद्ध अन्तरष्ट्रिय समाचारपत्र द टेलिग्राफले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज’ को सूचीमा नेपाली १ रुपैयाँ, ५ रुपैयाँ र ५ सय रपैयाँ सहित २ रुपैयाँके सिक्कालाई संसारकै उत्कृष्ट करेन्सकिो सूचीमा राखेको हो ।

संसारका बिभिन्न २१ पैसामध्ये नेपाली ३ नोट र १ सिक्का पनि सूचीमा परेको हो । टेलिग्राफले नेपाली पैसा ‘मोष्ट ब्युटिफुल करेन्सीज’मा समेटिनुको कारणमा पैसाको अनौठोपन र पैसामा जनावरको तस्वीर राखिनुलाई उल्लेख गरेको छ ।

कुन कुन छन् उत्कृष्टको सूचीमा

न्युजील्याण्डको ५ डलरको नोट, काजकिस्तानको १००० टेन्गे नोट, स्वीट्जरल्याण्डको ५० फ्रान्क नोट, अष्ट्रेलियाको नयाँ ५ डलरको नोट, माल्दिभ्सको १००० रुफियाना नोट, बर्माको १ क्याट नोट, बर्मुडाको २ डलरको नोट र केही अन्य देशका नोट पनि सूचीमा छन् ।

टेलिग्राफको उक्त सूचीमा चेक रिपब्लिक, मेक्सिको, इजिप्ट, नामिबिया, सामोआ, युगाण्डा, ट्रिनिडाड एण्ड टोबागोको पैसा पनि रहेका छन् ।

The post संसारकै उत्कृष्ट करेन्सीको सूचीमा नेपालका यी तीन नोट र एक सिक्का appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AhOjvB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top