Photo of Milford Sound in New Zealand

मेष

कार्य प्रगतिका दृष्टिले पुष महिना उत्तम मान्न सकिन्न । काममा सन्तोषजनक प्रगति हुने छैन । कुनै काम गर्दा इज्जत प्रतिष्ठाको ख्याल राखेर गर्नु होला । आर्थिक सवलिकरण देखिन्न । व्यवसाक प्रतिष्ठानमा लगानी नबढाउदा उत्तम हुनेछ । दापत्य जीवनमा खटपट पर्न सक्छ । घरयासी समस्या बढ्ने छन् ।

बृष

महिना अनुकुल छैन । व्यवसायिक उत्पादन घट्नेछ । स्वास्थ्यमा लगानी बढ्न सक्छ । आर्थिक पक्ष कमजोर बन्नेछ । सहयोगी हात हराउने छन् । लगानी डुब्न सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । राज्यबाट पीडित हुनु पर्नेछ । दामपत्य जीवनमा समस्या आउन सक्छ ।

मिथुन

लगानीबाट उचित प्रतिफल मिल्ने छैन । साझेदारी काममा विवाद बढ्न सक्छ । स्वतन्त्र व्यापार व्यवसायबाट आंशिक लाभ लिन सकिनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउदा उचित हुनेछ । चिन्तन मनन कम तथा भय आतुरमा काम गर्दा उचित लाभ लिन सकिने छैन । अरुको भर विश्वासमा काम गर्दा डुविनेछ ।

कर्कट

अरुको भर नपरि काम गर्नु होला । समग्रमा महिना उत्तम देखिन्छ । पुराना बादविबाद मुद्धा मामिलाको छिनो फानो हुनेछ । उद्योग,पराक्र बढ्नेछ । मिलेर काम नगर्नु होला,स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । शत्रु माथि विजय हुनेछ । भौतिक सम्पति बढ्नेछ । राजनीतिमा अवसर मिल्नेछ ।

सिंह

श्रमको सदुपयोग गर्न गाह्रो हुनेछ । उन्नति प्रगति सन्तुलनमा गएर थन्किनेछ । पारिवारिक चिन्ता बढ्नेछ । सन्तान सुख कम मिल्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । लगानी बालुवामा पानी राखे जस्तै हुनेछ । आफन्तको सहयोग अल्प होला । शैक्षिक क्षेत्र भने सन्तोषजनक देखिन्छ ।

कन्या

भाइ बन्धुबाट टाढा हुने अवस्था आउन सक्छ । घर डेराको समस्या बल्झिन सक्छ । नयाँ लगानी गर्दा डुविने सम्भावना रहनेछ । सहयोग गर्ने भन्दा खुट्टो तान्न खोज्ने बढि हुनेछ । उद्योग धन्दामा समस्या आउने देखिन्छ । सुख शान्ति कम मिल्नेछ । कुनै पनि काम गर्दा संयमित भएर गर्दा राम्रो हुनेछ ।

तुला

उद्योग पराक्रम बढ्नेछ । व्यवसायिक प्रतिष्ठानबाट आर्थिक उन्नति राम्रै हुनेछन् । काम गर्दा उचित सल्लाहाको कमि हुनेछ । नयाँ योजना अगाडि बढ्ने छन् । आफन्तजनको सहयोग सहानुभुति मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । सुख शान्तिमा वृद्धि हुनेछ । पढाईमा कम ध्यान जाने देखिन्छ ।

बृश्चिक

काम गरेर सन्तोष लिन पाईने छैन । लगानीबाट उचित लाभ लिन सकिने छैन । संचित धनमा ह्रास आउनेछ । नयाँ कार्य योजना अगाडि बढाउदा समस्या धेरै थोपरिने छन् । सहयोग माग्नेको कमि हुने छैन । पढाई लेखाईमा खासै प्रगति हुने छैन । पुराना कामलाई निरन्तरता दिदा उचित हुनेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ ।

धनु

हेलचक्र्याई नगर्नु होला,काम गर्दा समस्या सृजना हुनेछन् भने समाधान गर्न गाह्रो हुनेछ । विना योजना अगाडि बढ्दा असफलता मिल्नेछ । नयाँ लगानीका क्षेत्र नबढाउदा उचित हुनेछ । ऋण लगानी गर्दा डुब्ने देखिन्छ । घर डेराको समस्या पर्न सक्छ । प्रेमिकाबाट धोका खाईनेछ । आफन्तका कारण विवादमा तानिने सम्भावना देखिन्छ ।

मकर

अन्योलता बढ्नेछ,समस्याको जालोमा परिनेछ । विगतमा आर्जन गरेको नष्ट हुनसक्छ । शारीरिक कमजोरी बढ्नेछ,विशेष गरेर उच्च रक्तचाप जस्ता रोग बढ्न देखिन्छ । उद्योग धन्दाबाट आर्थिक वृद्धि दर घट्नेछ । आर्थिक क्षेत्र कमजोर बनेर जानेछ । राज्यबाट पीडित हुनुपर्नेछ । साझेदारसँग विवाद बढ्न सक्छ ।

कुम्भ

महिना उत्तम देखिन्छ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । गरेका काम सफल हुनेछन् । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । उच्च व्यक्तित्वबाट सहयोग पाईनेछ । सहयोगी हातहरु भेटिने छन् । उद्योग धन्दा बन्द व्यापारमा उन्नति प्रगतिका प्रचुर सम्भावना देखिने छन् । नयाँ लगानीबाट उचित प्रतिफल मिल्नेछ ।

मीन

इच्छा आकाँक्षा बढ्ने छन् । विगतको संकल्प पुरा गर्न सकिनेछ । विरोधी कमजोर बन्ने छन् । राजनीतिमा चासो बढ्नेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । भाग्यमा भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । शैक्षिक क्षेत्र कमजोर देखिन्छ । आम्दानी खर्चको सन्तुलन मिलाउन गाह्रो हुनेछ । धैर्यत नगुमाई काम गर्दा सफलता मिल्नेछ । etajakhabarबाट

The post तपाईको यस पौष महिनाको राशिफल कस्तो रहेको छ ? हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kFBrsw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top