Photo of Milford Sound in New Zealand

>काठमाडौं । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार देशभर करिब २८ लाख सवारी साधन दर्ता छन् । तर, २५ लाखले मात्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएका छन् ।

करिब ३ लाख व्यक्तिले लाइसेन्सविना नै सवारी चलाइरहेका छन् ।

ट्राफिक प्रहरीका अनुसार लाइसेन्स नलिएका व्यक्तिले सवारी चलाएका कारण पनि दुर्घटना बढेकाबढ्यै छन् । ५ वर्षअघि सरकारले सवारी दुर्घटना आधा घटाउने नीति लिएको थियो । तर, पछिल्ला चार आर्थिक वर्षमा दुर्घटना र त्यसमा मृत्यु हुनेहरुको संख्या बढेको गृह मन्त्रालयको तथ्यांक छ ।

कुन वर्ष कति दुर्घटना ?

आर्थिक वर्ष ०६८/०६९ मा ८,८९२ दुर्घटना, १,८३७ जनाको मृत्यु
आर्थिक वर्ष ०६९/०७० मा ८,४८४ दुर्घटना, १,८१६ जनाको मृत्यु
आर्थिक वर्ष ०७०/०७१ मा ८,४०६ दुर्घटना, १,७८७ जनाको मृत्यु
आर्थिक वर्ष ०७१/०७२ मा ९,१४५ दुर्घटना, २,००४ जनाको मृत्यु
आर्थिक वर्ष ०७२/०७३ मा १०,०१३ दुर्घटना, २,००६ जनाको मृत्यु
आर्थिक वर्ष ०७३/०७४ मा १०,१७८ दुर्घटना, २,३८४ जनाको मृत्यु
–नयाँ पत्रिका दैनिकबाट

The post ६ वर्षमा ५५ हजार दुर्घटना, ११ हजार ८३४ जनाको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Ax16xm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top