Photo of Milford Sound in New Zealand

हास्यकलाकार तथा अभिनेता केदार घिमिरे(माग्ने बुढा)ले लालबाबु पण्डितलाई फोन गरेका छन् । चुनावको मिती नजिकिएसँगै केदारले पण्डितलाई फोन गरेका हुन् । आज फेसबुकमा एक पोस्ट गर्दै केदारले लालबाबु आफुलाई मन पर्ने नेतामध्येको एक नेता भएको स्पस्ट पारेका छन् ।

यसका साथसाथै केदारले हाम्रालाई नभई राम्रालाई जिताउनको लागि अनुरोध गरेका छन् । साथै उनले आफ्नो भित्री मनलाई सोधेर मात्र भोट हाल्नको लागि समेत सबैसामु अपिल गरेका छन् ।

पढौँ उनको स्टाटसः

म सबैको मायाले बाँचेको कलाकार । अहिले मलाई चौतर्फी रुपमा चुनाबी कार्यक्रमको निम्तो आइरहेको छ , प्रेशर यति छ कि प्रेशरको औषधी नै खान पर्ला जस्तो भैसक्यो (फोन बजेको बज्यै ) ।

म सबैको कलाकार भएको नाताले कुनै दलको गुनगान गाउदै हिड्नु उपयुक्त हो जस्तो लाग्दैन । तथापी म यो देशको नागरिक पनि हो ,त्यसैले इमान्दार, सच्चा राजनिती गर्ने र भिजन भएका उम्मेवारले जिते हुन्थ्यो जस्तो लाग्छ ।

देखिन आएकाहरुमा रबिन्द्र मिश्र,गगन थापा,गोकर्ण बिष्ट ,जनार्जन शर्मा,लाल बाबु पण्डित,बाबुराम भट्टराइ आदि मलाइ ब्याक्तिगत रुपमा राम्रै लाग्छन ।(अरु पनि होलान )……………..प्राय: वहाँहरुसंग कुराकानी र भेट घाट भईरहेकै हुन्छ । आज अचानक मलाइ लाल बाबु पण्डित ज्यु को याद आयो र मैले फोन गरें, र सोधें

प्रश्न :- प्रचार कस्तो चल्दैछ ?
उत्तर :- म त घरदैलो कार्यक्रममा डुल्दै छु
प्रश्न :-अनि आमसभा गर्नुभएन ?
उत्तर :- आमसभा गर्न पैसा लाग्छ केदार जी ,मंच बनाउनु पर्छ ,झन्डा ,साउण्ड सिस्टम ,ब्यानर ,फेरी मान्छे ओहोर दोहोर गर्न यातायात को ब्याबस्था गर्नु पर्यो म संग पैसा छैन,खाडीमा काम गर्ने नेपालीहरुले १०० ।५० पठाउछन त्यसबाट अलिअलि खर्च चल्छ ,लुखुर लुखुर हिडेर घर घरै पुगेर भोट माग्दै छु ,अरु ठुला नेताहरु पनि मेरो क्षेत्रमा आउदैनन ,अब मलाइ जनताले नै जिताउछन भन्ने आश मात्र छ ।
प्रश्न :-मैले केहि सहयोग गर्न सक्छु कि ?
उत्तर :-अब चुनाब आइनै सक्यो ,मिल्छ भने तपाइले त्यहाँबाट २ \ ४ अक्षर लेखिदिनुहोला ,तपाइ पनि माग्ने के माग्नु र खोइ ? हाहाहा
प्रश्न :- हवस् हजुर अग्रिम शुभकामना
उत्तर :-धन्यबाद ।
भित्रि मनलाई सोधेर भोट हालौं । हाम्रालाइ होइन राम्रालाई जिताउँ ।

-Gazzabkoonline

The post लालबाबु पण्डितलाई फोन गरे माग्ने बुढाले, पण्डितको गरे यस्तो आग्रह appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nkrGVn
via IFTTT
01 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top