Photo of Milford Sound in New Zealand

बिहे भएको भर्खर २ दिन भएको थियो । माइतीबाट बेहुली घर जानको लागि हिँडिन् । तर, बिडम्बना उनी घर पुग्न सकिनन् उनको लाशमात्रै घर पुग्यो । सडकमा भएको भयानक दुर्घटनामा बेहुलीसँगै बेहुलाकी हजुरआमाको पनि ज्यान गयो । बेहुला गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना भएका छन् ।

बेहुली र आफ्नी हजुरआमालाई लिएर बेहुला घर फर्किँदै गर्दा भारतको पंजाब राज्यको होशियारपुरनजिकै दुर्घटना भएको हो । लुधियानाका कुनाल खन्नाको होशियारपुरकी रेणुकासँग बिहे भएको थियो ।

शुक्रबार साँझ कुनालले पत्नी र हजुरआमालाई लिएर ससुरालीबाट घर फर्कदै थिए । बाटोमा उनीहरुको मारुतीलाई अगाडिबाट आएको महिन्द्रा बोलेरो गाडीले ठक्कर दिएको थियो । ठक्करबाट मारुतीमा आगो लाग्यो । अगाडि बसेकी रेणुका र पछाडि बसेकी हजुरआमाको घटनास्थलमै मृत्यु भयो । कुनाललाई गम्भीर घाइते अवस्थामा सिभिल अस्पताल भर्ना गरिएको छ ।

The post बिहेको २ दिनमा माइतीबाट हिँडिन् बेहुली, लाशमात्रै पुग्यो घर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BuBbDl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top