Photo of Milford Sound in New Zealand

बारा, सिमरा, १६ मंसिर। जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा व्यावसायिक गाईपालन गर्दै आएका दीपक सुवेदी र उनकी श्रीमती दीपा सुवेदीको वीभत्स हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले अनुसन्धान थालेको छ ।

घटनाबारे सत्यतथ्य पत्ता लगाउन काठमाडौँबाट सिआइबीको टोली बारा आएको बारा प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

घरबाट करिब डेढ किलोमिटर टाढा रहेको गाईफार्म सञ्चालन गर्दै आएका सुवेदी दम्पतीको शव आज बिहान फेला परेको हो । छत्तीस वर्षीय दीपकको शव घरबाट करिब ४० मिटर टाढा तथा ३२ वर्षीया दीपिकाको शव घरभित्र फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लुटेरा समूहले लुटपाटपछि सुवेदी दम्पतीको हत्या गरेको अनुमान गरिएको छ । शव क्षतविक्षत अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताउनुभयो ।रासस

The post दिपक र दीपाको विभत्स हत्या: सिआइबीले अनुसन्धान थाल्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j7HpCn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top