Photo of Milford Sound in New Zealand

ग्लामरस क्षेत्रमा प्रेम सम्बन्ध र बैवाहिक सम्बन्ध दुबै टिक्न निकै गाह्रो देखिएको छ जसको उदाहरण हो उनीहरुको ब्रेकअप र डिभोर्स । कलाकारिताको क्षेत्रमा लागेकाहरुको व्यक्तिगत जीवन सहज नभएपनि डिभोर्स भएका उनीहरु करियर भने निकै चम्केको पाईएको छ ।

नेपाली चलचित्र क्षेत्रमा नायकहरुको भन्दा बढि नायिकाहरुको डिभोर्स भएको पाईएको छ । तर डिभोर्सपछि उनीहरुको लोकप्रियता र व्यस्तता दुबै बढेका नायिकाहरु निकै छन् । आउनुस जानौ डिभोर्स फापेका नायिकाहरुको बारेमा कुरा गरौँ ।

रेखा थापा– नायिका रेखा थापा र निर्माता छबीराज ओझाबीचको सम्बन्ध कसलाई थाहा छैन होला र । छबीले नै रेखालाई यस क्षेत्रमा भित्राएका हुन् । लामो समय एकसाथ रहेका उनीहरुको करियर र फिल्म दुबै राम्रैसंग चलेको थियो । तर एकाएक रेखा छबीसंग अलग भईन र आफनै निर्मात्री बनिन् । डिभोर्सपछि उनको सक्रियता झनै बढेको थियो । तर पछिल्लो समय भने नब नायिकाहरुको आगमनसंगै उनी थोरै असफल देखिएकीछिन् ।

प्रियंका कार्की– नेपाली चलचित्र क्षेत्रकी चर्चित अनि व्यस्त नायिका प्रियंका त्यस्ती नायिका हुन् जसलाई डिभोर्स सबैभन्दा बढि फापेको छ । रोचक मैनालीसंग बिवाह गरेकी उनले आफनो करियरको सुरुवाती दौरानमा नै डिभोर्स गरिन् । डिभोर्सपछि चलचित्र र म्युजिक भिडियो , स्टेज शोमा उनको व्यस्तता , लोकप्रियता र सफलता यसरी बढ्यो की आज उनलाई डिभोर्स फापेको भन्नेहरुको कमी छैन । हाल उनी नायक आयुषमान देसराज जोशीसंगको प्रेम सम्बन्धमा रहेकीछिन् ।

छुल्ठिम गुरुङ– गायक धिराज राईसंग डिभोर्स गरी चलचित्र क्षेत्रमा पाईला राखेकी छुल्ठिमले नोभेम्बर रेनमार्फत डेब्यु गरिन् । उक्त चलचित्रमा उनको अभिनयको चौतर्फी चर्चा भएपछि उनलाई फिल्मको अफर निकै आएको थियो । तर अब चलचित्रमा काम गर्ने घोषणा गरेकी छुल्ठिमले त्यसपछि काम गरेका चलचित्रहरुमार्फत खासै चर्चा कमाईन् । यद्धपी उनलाई डिभोर्सपछि नै नायिका छुल्ठिम भनेर चाहि चिनाएको छ ।

रीमा बिश्वकर्मा– ‘स्वर’ चलचित्रमार्फत डेब्यु गरेकी रीमाले मिडियाबाट आफनो करियर सुरुवात गरेकी हुन् । चलचित्र क्षेत्रमा खासै सफलता नपाएको उनको व्यस्तता भने कम छैन । विभिन्न कार्यक्रम , म्युजिक भिडियोमा सक्रिय रहेकी उनको व्यस्तता डिभोर्सपछि झनै बढेको छ । उनले केही दिन अगाडीमात्र आफनो ३ बर्षे बैवाहिक जीवनको अन्त्य गर्दे रोबोर्ट बिश्कर्मासंग डिभोर्स लिएकी हुन् ।

The post यी हुन् डिभोर्स फापेका नेपाली नायिकाहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C7vX4C
via IFTTT

0 comments:

Post a Comment

add

 
Top