Photo of Milford Sound in New Zealand

मलेसिया — मलेसियाको क्वालालम्पुर विमानस्थलबाट काठमाडौंका लागि उडेको मालिण्डो एअरको जहाज मौसम खरावी एवं प्राविधिक समस्याका कारण बंगलादेशको ढाकामा अवतरण गरेको छ ।

स्थानीय समयअनुसार शुक्रबार साँझ ६.१० बजे काठमाडौंका लागि उडेको ओडी १८२ उक्त जहाज काठमाडौं पुगेर अवतरण गर्न नसक्दा भारतको लखनउ हुँदै ढाकामा अवतरण गरेको बताइएको छ । जहाजमा १९६ जना सवार रहेको सोही जहाजका एकजना यात्रुले कान्तिपुरलाई बताए ।

नेपाली समयअनुसार ८:३५ मा अवतरण हुनुपर्ने जहाज खराब मौसम एवं जहाजको प्राविधिक गडबडीको कारण त्यहाँबाट लखनउ उडाइएको थियो । ‘अवतरण गर्न केहीबेर प्रयास भएपनि जहाज एकाएक लखनउस्थित बिमानस्थलमा लगेर अवतरण गरिएको थियो । त्यसको केहीबेरपछि पुनः ढाकामा अवतरण गरिएको छ,’ उक्त विमानका एकजना यात्रुले भने, ‘अब उडान कतिबेला हुन्छ भन्ने कुनै जानकारी छैन ।’ कान्तिपुरमा खबर छ

The post मलेसियाबाट ११६ जना पेसिंजर लिएर काठमाडौं उडेको जहाज ठुलो दुर्घटना हुन् बाट जोगियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ppFoav
via IFTTT

0 comments:

Post a Comment

add

 
Top