सुमधुर स्वरकी धनी अञ्जु पन्त र संगितकार तथा गायक मनोजराज शिवाकोटीको स्वरमा सजिएका २ गजल रेकर्ड गरिएको छ। गजलकार सुरेस वाग्लेद्धारा तयार गरिरहेको गजल एल्बममा समाबेस २ वटा गजलमा गायिका अञ्जु पन्त र संगितकार तथा गायक मनोजराजको स्वर सुन्न सकिने छ भने गजलमा मनोजराजले नै संगित भर्नु भएको छ।
केही दिन अघि काठमाण्डौको अकस्टिक नेपाल रेकडिङ स्टुडीयोमा भेटीएका यि सगित पारखीहरु गजल रेकडीङमा ब्यस्त थिए। अन्जु र मनोज २ जनाकै स्वरमा रहेको तिमी आयौँ जिन्दगीमा बोलको गजलका लागि अन्जु स्वर भरिरहेकी थिइन् तर मनोज भने आफ्नो अस्वस्थताका कारणा केही दिन पछी मात्र रेकर्डगर्ने तरखरमा देखीन्थे ।
बिगत केही बर्ष यता पारिवारीक बिछोड पछी सांगित यात्रामा खुलेर नदेखीएको यि संगित पारखीहरु अब पुन संगित क्षेत्रमा एक साथ देख्दा सम्भवत नेपाली संगित कर्मी देखी दर्शक, स्रोता र नेपाली संगित प्रेमीहरुका ओठमा मुस्कान देखीने छ। रचनाकार सुरेस वाग्लेको गजल एल्बम ७ वटा गजल सहित चाँडै दर्शक स्रोता समक्ष आउदैँ छ।
नेपाली गजलको संगितीक दुनियामा मज्जाले जमेकी गायिका अञ्जु पन्त र गायक मनोजराजका यि २ गजल पनि त्यतीकै उत्कृष्ट हुुनेमा २ मत छैन। करिब १२ बर्ष अघिनै गजलकार सुरेस वाग्लेद्धारा रचना गरिएका गजलहरु जुन बेला मनोज राज, अन्जु लगायतका साथिहरुले गजल गृहको माध्यम बाट बिभिन्न स्थानमा लाईभ सांगितीक बाचन गरिएका यि गजलहरु अब रेकर्डेड भई सम्पुर्ण गजल प्रेमीमाझ पुग्ने भएका छन् ।
संगितको दुनियाँमा गजलको छुट्टै संसार छ। अनि गजलले अभिव्यक्त गर्ने कारुणीकता, यथार्थता, तथा जिवनका भोगाईहरु सायदै हरेक मानव जिवनमा मेलखाने हुँदा गजलका पारखीहरुका लागि मनोज र अन्जुको पनरागमन स्वागत योग्य छ ।
यही अकस्टिक नेपाल रेकडिङ स्टुडीयोमा भेटीएका यि सगित पारखीहरु सँगको यो छोटो मिठो कुराकानी भिडीयो मार्फत तापाँईहरुका लागि
The post Exclusive : पुर्ब पति मनोज राज सिवाकोटी र अन्जु पन्त एक साथ मिडियामा …(भिडियो सहित ) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2C8KWIK
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.