Photo of Milford Sound in New Zealand

पुनर्वास । कञ्चनपुरबाट सर्वाधिक मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भएकीनिर्वाचन क्षेत्र नं.१ की उम्मेदवार बिना मगरलाई शक्तिशालीमन्त्री बनेको देख्ने चाहना मतदाताले व्यक्त गरेका छन् ।बिना मगर प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तरले विजयी भएपछि बेलडाँडीदेखि पुनर्वाससम्म गरिएको विजय र्यालीमा सहभागी मतदाताले बिना मगरको योगदान र क्षमताको मूल्याङ्कन गर्दै पार्टी र वाम गठबन्धनले मन्त्री बनाउनुपर्ने माग गरेका छन् ।

‘देशको पछिल्लो राजनीतिक परिवर्तनमा बिना मगरले गरेको योगदानको सम्मान हुनेछ भन्ने आशामा छौं,’ बेलौरीका रमेश विष्टले भने, ‘सेनाको हिरासतमा रहँदा बिना मगरले पाएको यातना अतुलनीय योगदान हो ।’ राजनीतिक क्षमता, सांगठनिक दक्षता र लोकप्रियता हेरेर पनि बिना मगरलाई मन्त्री बनाउनुपर्ने उनलेबताए ।मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका वाम गठबन्धनका उम्मेदवारमध्ये बिना मगर सर्वाधिक मतान्तरले विजयी भएकी छन् ।

बिनाले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत मात्र पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत पाएकी छन् । ‘बिना मगरप्रति स्थानीय जनता र सुदूरपश्चिमवासीका थुप्रै अपेक्षा छन्, त्यो अपेक्षा मतपरिणामबाट समेत झल्किन्छ,’ पुनर्वासका कृष्ण तामाङले भने, मतदाताले बिना मगरले जनताको सेवा गर्ने अवसर दिएका छन्, अब पार्टीले समेत उचित मूल्याङ्कन गर्दै यस क्षेत्रको तीब्र विकासका लागि बिना मगरलाई मन्त्री बनाउनुपर्छ ।’

विशाल मतान्तरले विजयी हुँदा पतिशोकका कारण बिना मगरले खासै खुसीयाली मनाउन नपाएपनि वाम गठबन्धनका नेता कार्यकर्ताले विजयी र्‍याली र अविर साटासाट गरेका छन् । महेन्द्रनगरदेखि सुरु भएको विजय र्‍याली बेलडाँडी, बेलौरी, लालझाँडी हुँदै पुनर्वाससम्म पुगेको थियो । निर्वाचन क्षेत्र नम्बर १ का मतदाताले बिना मगरलाई निर्वाचन क्षेत्रमा भव्य स्वागत गरेका थिए । ‘कञ्चनपुरको दक्षिणी क्षेत्र अर्थात् १ नम्ब निर्वाचन क्षेत्र दशकौंदेखि विकासको पर्खाइमा छ, बिना मगरलाई अब बन्ने सरकारमा शक्तिशाली स्थान दिए मात्रै जनताको पर्खाइ पूरा हुने देखिन्छ,’ बेलडाँडीका राजेन्द्र विष्टले भने ।

निर्वाचन प्रचारका क्रममा बिना मगरले दक्षिणी क्षेत्रको तीब्र विकास गर्ने, मुख्य सडकलाई हिलो र धुलोमुक्त बनाउने, आर्थिक समृद्धि र रोजगारी सिर्जनाका कार्यक्रम ल्याउने, सीमा समस्या समाधानका लागि पहल गर्ने, ऐलानी समस्या समाधान गरेर जग्गाधनी पूर्जा वितरण गर्न पहल गर्ने तथा जंगली जनावरको आतंक नियन्त्रण गर्ने लगायतका प्रतिवद्धता जनाएकी थिइन् ।‘सांसदले कानून बनाउने काम मात्रैगर्ने हामीले सुनेका छौं, विकास निर्माणका लागि सरकारमा सहभागी हुनुपर्छ होला,’ लालझाडी गाउँपालिकाका करविर रानाले भने, ‘सरकारमा आफ्नो उपस्थिति देखाउने गरी सक्रियता जनाउन बिना मगरलाई सुझाव दिएका छौं ।’

The post प्रचण्डकी बुहारी बिना मागर माथि मतदाताको यति ठुलो चाहना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yhfxAO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top