Photo of Milford Sound in New Zealand

झापा, पुस ११ – नेपालले परमाणु शक्ति (न्युक्लियर पावर) को आर्जन र प्रयोग बारेमा आफैले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ ।

तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम गरेका छन् । ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–१०, धुलाबारीका २६ वर्षीय रोहित जैन । भारतका पहिलो परमाणु वैज्ञानिक भावाको नाममा मुम्बईमा स्थापित भावा परमाणु अनुसन्धान केन्द्रमा दुई वर्षदेखि कार्यरत नेपाली युवा वैज्ञानिक रोहित परमाणु विकीरण उत्पादन र प्रयोगको क्षेत्रमा मानव जनशक्तिको विकल्पमा अटोमेसन प्रविधि निर्माणमा कार्यरत छन् ।

‘न्युक्लियर साइन्सको प्रयोग विभिन्न क्षेत्रमा गरिन्छ’, युवा वैज्ञानिक रोहितले भन्नुभयो, ‘परमाणु विकीरणको नकारात्मक प्रभावबाट मानव जातिलाई बचाउन उपलब्धिपूर्ण नयाँ काम गर्ने अवसर मिलेको छ ।’ -रासस

The post नेपाली युवा बने ‘परमाणु वैज्ञानिक’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DS9Ddf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top