Photo of Milford Sound in New Zealand

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी ७ पुसमा घर फर्किने भएका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ९८ हजार ३ सय ६८ जना म्यादी प्रहरीमा भर्ना गरेको थियो । निर्वाचन सुरक्षाका लािग भर्ना गरिएका म्यादी प्रहरीको म्याद ७ पुसमा सकिने भएकाले सो दिनबाट सबै म्यादीको बिदाइ हुने भएको हो । ७ पुसमा ५५ दिन पुग्ने भएकाले त्यस दिनसम्मको रासन भत्ता दिएर बिदा गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरू र उपत्यकाबाहिर सम्पूर्ण जिल्ला प्रहरी कार्यालबाट भर्ना गरिएको थियो ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मनोज न्यौपानेका अनुसार प्रहरी जवानले पाएसरहको तलब, भत्ता र सुविधासहित म्यादी प्रहरी बिदा हुँदै छन् । म्यादी प्रहरीले ५५ दिन खटिएबापत आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाउनेछन् ।

त्यस्तै, निर्वाचनको दिन सात दिनका लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले विशेष भत्ता र २ सय ५० रुपैयाँ नै खाजा खर्च पाउनेछन् । म्यादीमा भर्ना भएकाले ४ हजार पोसाक भत्ता पाउनेछन् भने बाटो खर्चस्वरूप १ हजार रुपैयाँ पनि उनीहरूले थप पाउनेछन् ।

स्थानीय तहको निर्वाचनमा भने पोसाक भत्ता ७ हजार १ सय रुपैयाँ दिइएको थियो । त्यतिबेला दुई जोर पोसाकका लागि ७ हजार १ सय रुपैयाँ दिइएको प्रहरी प्रवक्ता डीआईजी न्यौपानेले बताए ।

तर अहिले एक जोर मात्रै पोसाक दिने निर्णय भएकाले म्यादी प्रहरीको भर्ना आह्वान गर्दा नै उनीहरूलाई दिइने रकम खुलाइएको पनि डीआईजी न्यौपानेले बताए ।

यो सबै रकम प्रहरीले म्यादी प्रहरीको खातामा एकमुष्ठ जम्मा गरिदिनेछ । स्थानीय भत्ता नेपाल प्रहरीले पाएसरह नै पाउनेछन् । तर त्यो स्थानविशेष फरक हुनेछ । हिमाली क्षेत्र र तराई तथा सुगम क्षेत्रको रासन भत्ता पनि फरकफरक हुनेछ ।

यसैबीच निर्वाचनका लागि प्रहरीको सहयोगीका रूपमा खटिएका म्यादी प्रहरीले प्रहरीको आदेश नमान्दै उल्टै नाराबाजी गर्ने गरेको प्रहरीले जनाएको छ ।

‘सरकारले निर्वाचनका लागि भनेर म्यादी प्रहरी भर्ना गरेको हो तर निर्वाचन नसकिँदै, राजीनामा दिने, राजीनामा स्वीकृत नहुँदै म्यादी प्रहरी ड्युटीमा नआउने, प्रहरी संगठनविरुद्ध उल्टै नाराबाजी गर्नेजस्ता काम भएका छन्,’ न्यौपानेले भने । सोमबार मात्र सुविधाका विषयमा भएको झडपमा दोलखामा म्यादी प्रहरी घाइते भएका छन् ।

उनका अनुसार निर्वाचनको क्रममा घाइते भएका म्यादी प्रहरीको नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार १ लाख ५० हजारसम्मको उपचार नेपाल सरकारले गर्ने व्यवस्था भएको बाहेक मृत्युको हकमा आश्रित परिवारलाई १५ लाखसम्मको आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । -राजधानी दैनिकबाट

The post देशभरका म्यादी प्रहरीको बिदाई गरिदैं, घर फर्किदा के-के सुविधा पाउँदैछन् ? शेयर गरौं appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yXuyI2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top