Photo of Milford Sound in New Zealand

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व कुनै हालतमा नछाड्ने सन्देश दिएका छन् ।

देशभर कांग्रेसको लज्जास्पद हारपछि युवा नेता गगन थापाले पार्टी नेतृत्वबाट विश्राम लिई युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने र आवश्यक परे सांगठनिक हस्तक्षेप गर्ने बताइरहेका बेला देउवाले पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिमार्फत पार्टी नेतृत्व परिवर्तन सम्भव नभएको र आफूले नछाड्ने स्पष्ट पारेका हुन् ।

कांग्रेसका केन्द्रिय सदस्य एवं समितिका संयोजक बालकृष्ण खाँणले मंगलबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव नभएको बताए । निर्वाचनमा पार्टीले व्यहोरेको हारको जवाफदेहिता पार्टी सभापति शेरबहादुर देउवाले मात्रै नभएर सबैले लिनुपर्ने भन्दै तत्काल नेतृत्व परिवर्तन नहुने बताएका हुन् ।

उनले भने, ‘अहिले कसैले पार्टी सभापतिको विरुद्धमा अभिव्यक्ति दिँदैमा केही हुनेवाला छैन, पार्टी नेतृत्व परिवर्तन भएन भने हस्तक्षेप गर्छु भनेको पनि सुनियो, तर यस्तो भन्ने नैतिक अधिकार उहाँलाई पनि छैन, प्रचारप्रसार समितिको संयोजक गगन थापाजी पनि हो, उहाँले पनि पार्टी पराजयको जिम्मेवारी लिनुपर्छ, यो त सामूहिक जवाफदेहिताको कुरा हो, मैले आफ्नो ठाउँबाट लिनुपर्ने जवाफदेही म लिन्छु, अब केन्द्रिय समितिमा यो विषयमा कसैले कुरा राख्छ भने छलफल हुनसक्छ, तर नेतृत्व फेरबदल हुँदैन, बरु पार्टीलाई एकजुट भएर अघि बढाउँछौं ।’

उनले विशेष महाधिवेशन बोलाएपनि नबोलाएपनि पार्टी नेतृत्व परिवर्तन नहुने ठोकुवा गरे । उनले थपे, ‘विशेष महाधिवेशन बोलाएपनि नेतृत्व परिवर्तन हुँदैन, यो म अहिल्यै नै भन्छु ।’ खाँणले पार्टीलाई सशक्त रुपमा अघि बढाउनको लागि बरु एकजुट भएर नेतृत्वलाई सघाउनतिर नेताहरु लाग्ने विश्वास दिलाए । महामन्त्री डा. सशांक कोइरालाले पनि सामूहिक रुपमा पराजयको जिम्मेवारी लिँदै अब पार्टीलाई पूनः स्टे«न्थ प्रदान गर्न एकजुट भएर लाग्नुपर्ने अभिव्यक्ति दिएकोले सबैको ध्यान अब एकजुट भएर अघि बढ्ने नै रहेको उनले जनाए ।

‘देउवाजी संसदीय दलको नेता बन्नुहुन्छ’

त्यस्तै उनले पार्टी सभापति देउवाले चाहे उहाँ आँफै संसदीय दलको नेता बन्ने समेत स्पष्ट पारे । ‘उहाँले चाहनुभयो भने संसदीय दलको नेता आँफै बन्नुहुन्छ,’ उनले थपे । पार्टीले निर्वाचनमा भोगेको पराजय अस्वभाविक भएको भन्दै हारको सबैले जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो । खाँणले थपे, ‘पार्टीमा कुनै मतान्तर छैन, नेतृत्व परिवर्तनको कुनै एजेण्डा नै छैन, केन्द्रिय समितिको बैठकमा छलफल भएपनि यसबारेमा कुनै बबण्डर हुँदैन ।’ उनले पार्टीभित्र आफ्नो कुरा राख्ने छुट सबैमा भएको समेत स्पष्ट पारे ।

The post नेतृत्व नछाडे हस्तक्षेप गर्छु भन्ने गगन थापालाई देउवाले यसरी दिए जवाफ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2l28uen
via IFTTT

0 comments:

Post a Comment

add

 
Top