Photo of Milford Sound in New Zealand

माघ २६ बाट नायिका श्वेता खड्का पछि हटेकी छन् । उक्त मितिमा अनमोल केसीको ‘कृ’ लाई सोलो छोड्दै ‘कान्छी’ फाल्गुन ४ गते दर्शकमाझ ल्याउँने निर्णय गरेकी छन् । आखिर किन पछि पटिन् त श्वेता ?

श्वेता लेख्छिन्, ‘कान्छी को मिती सार्नु भनेको मैंले हार्नु होइन । यो त भुवन दाजुप्रति एउटी बहिनीको सम्मान हो । मंगलबार सबेरै श्वेताले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘मैंले जीवनसाथीको रुपमा चुनेको ’दादा’ श्रीकृष्ण श्रेष्ठ ज्यूको देहावसानसँगै मेरो ईच्छा, आकाँक्षा, सपना, चाहना र रहरहरु सबैको ’अवसान’ भए झैं लागेको थियो । त्यो अवस्थामा मलाई सहानुभुतीका शब्दहरु पोख्ने र साथ अनी सहाराको हातहरु देखाउनेहरुको ठुलै भिड थियो । मैंले भगवानको स्वरुप मान्ने मेरा दर्शक महानुभावहरुले मलाई सुस्ताएर नथाक्न र ओइलाएर नझर्नका निमित्त जुन आँट र शाहस दिनुभयो, त्यो आँट शाहस र उत्प्रेणाले मलाई थाक्न, गल्न र सुस्ताउन दिएन । मलाई कलाकारिता क्षेत्रमा डोर्याएर ’नायिका’ को उपमा दिलाउने स्वर्गिय ’दादा’ अनी मलाई कलाकारको रुपमा माया गरिदिनुहुने असंख्य दर्शक महानुभावहरुको अटुट मायालाई चटक्कै माया मारेर घरको एउटा कुनामा शोकाकुल भएर बसिरहन यो मनले पटक्कै मान्दै मानेन । मैंले दादालाई आँशुको श्रादाञ्जली दिनु भन्दा नेपाली सिने जगतमा एउटा राम्रो चलचित्र पस्कने दादाको अपुरो सपनालाई साकार गरेर ’सत्कर्म’ को श्रदाञ्जली दिने अठोट गरें । यही अठोटका साथ आँखाको आशु पुछेर, आफ्नै कलाकारिताको दुनियाँमा फर्किएँ ।’

श्वेता थप्छिन्, हुनत एकै दिनमा ५ वटा चलचित्र रिलिज नभएका भने पक्कै होइनन । तर बिगत २ बर्ष देखी ’कान्छी’ र ’कृ’ लाई हेर्न व्यग्र भएर बस्नु भएका दर्शक महानुभावहरुको लागि एउटै मितीमा यी दुई चलचित्र रिलिज गर्नु भनेको हामीले दर्शकहरुको भावनालाई लत्याउनु र कलाकारिताको ’धर्म’ बाट बिमुख हुनु सिवाय केही होइन । अन्ततः यही यथार्थलाई मनन गर्दै यि दुबै चलचित्रलाई जुधाउन नहुने निष्कर्शका साथ ’कान्छी’ लाई आगामी फाल्गुन ४ गते प्रदर्शन गर्ने निर्णय लिएको छु ।’ramailochha

The post ‘भुवन दाजुको सम्मानमा कान्छी सारें’ : श्वेता खड्का appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yhQ9L8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top