Photo of Milford Sound in New Zealand

भाइरल ज्वरोले मुगुमा कम्तीमा १२ को मृत्यु भएको छ । जिल्लाका खत्याड, रोरु, गम्था, रिघा, रातापानी, कोटडाँडा, श्रीकोटलगायत गाउँमा ज्वरोको प्रकोप महामारीका रूपमा फैलिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रिघा गाउँका बिउरासर पाण्डे, विष्णु जैसी, ऋषिसन्न उपाध्याय, सुकाढिककी पूर्वा कार्की, सेरी साटबाडका सिंहबहादुर बुढा, खमाले कवाकी, मागी रोकाया, पैखुगाउँका धनसिंह थापा, दलसुर थापा, छायानाथ राराका लालशोभा बुढा, धर्मकला शाही र एक वर्षीय बालकको मृत्यु भएको छ ।

-जिल्ला अस्पतालकी डा. मीना काफ्ले चौलागाईंले भाइरलकै कारण बिरामीको मृत्यु भएको बताइन् । निमित्त जिल्ला स्वास्थ्य अधिकृत धनप्रसाद शर्माले पनि गाउँमा भाइरल फैलिएको बताए । औषधिसहित अहेव ज्ञानसिंह बुढाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बिहीबार प्रभावित क्षेत्रतर्फ पठाइएको उनले बताए ।

-करिब डेढ सय घरधुरी रहेको रिघा गाउँमा भाइरलले बालकदेखि वृद्धसम्म थला परेका छन् । ‘बिरामी कुर्ने मान्छे छैनन्, सारा ज्वरोले पल्टिएका छन्,’ रिघा गाउँकी कुसुमकली हमालले भनिन्, ‘औषधि किन्ने पैसा छैन, अरू कसैले औषधि ल्याइदिँदैनन् । हामी गरिबलाई ज्यान बचाउन मुस्किल भयो ।’

-कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिँगटा लाग्ने, बान्ता आउने, आँखा दुख्ने, खाना नरुच्नेलगायत लक्षण बिरामीमा देखिएका छन् ।

-जनस्वास्थ्य कार्यालयसँग औषधि किन्ने बजेट नभएको शर्माले बताए ।

तर, सिडिओका कुरा–

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मुगुमा भाइरल फैलियो भन्ने खबर निराधार भएको प्रतिक्रिया दिए । ‘दमरोगी बुढापाका मरेका छन्, जन्म र मृत्यु भइरहने कुरा हो । हामी एकदमै हाइअलर्टमै छौँ, औषधि र स्वास्थ्यर्मीको व्यवस्थापन गरेका छौँ,’ उनले भने,
‘स्वास्थ्यकर्मीलाई प्रभावित भनिएको क्षेत्रमै पठाएका छौँ, त्यस्तो देखिएको छैन ।’,यो समाचार नयाँ पत्रिकामा छ ।

The post भाइरल ज्वरोले मुगुमा कम्तीमा १२ को मृत्यु, सिडिओका कुरा– जन्म/मृत्यु भइराख्छ ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BGTZQM
via IFTTT
04 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top