Photo of Milford Sound in New Zealand

काठमाडौं । गोरखाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलकी आमाको निधन भएको छ ।

उनले मतगणाना गरीरहेको बेलामा घरबाट फोन गरेर आफन्तले आमाको मृत्यु भएको खबर गरे । तर उनलाई लाग्यो आमासँगै आकाशै खस्यो। तर उनले जुन जिम्मा लिएका थिए त्यो चटक्कै छोडेर जान सक्ने अवस्थामा थिएन्।

पौडेलले मुटु दह्रो पारे र केही नभएजस्तो गरेर काममा लागिरहे। निर्वाचन आयोगमा खबर गरे तर उनले भनेकै बेला आयोगले अर्को कर्मचारी पठाउन सकेन।

रातभरि आमा सम्झैँदै पौडेलले मतपत्र गन्ने काम जारी राखे। ‘एकातिर आमा बितेको खबर अर्कातिर राष्ट्रले दिएको जिम्मेवारी थियो। म त्यो जिम्मेवारी छोड्न सक्दैनथें,’ शुक्रबार बिहान पौडेलले टेलिफोनमा सेतोपाटीसँग भने, ‘म आमालाई सम्झँदै भोट गन्ने काममा लागिरहें।’ आयोगले बिहान अर्का न्यायाधीशलाई गोरखाको मुख्य निर्वाचन बनाएर पठायो।

‘साढे सात बजे उहाँलाई जिम्मेवारी दिएँर म पोखरा हिँडे,’ पौडेलले भने, ‘अझै बाटोमै छु।’ पोखरा–२८ की पौडेलकी आमाको बिहीबार ९५ वर्षको उमेरमा निधन भएको हो। उनी चार भाइमध्ये कान्छा छोरा हुन्। ‘कान्छो छोरो आमाको प्यारो हुन्छ भन्छन्,’ पौडेलले भने, ‘अन्तिम पटक मैले आमाको अनुहार हेर्न पाइँन तर देशको जिम्मेवारी पूरा गर्न पाएकोमा पश्चाताप छैन।’ nepalaaja

The post यस्ता पो कर्मचारी, आमाको मृत्युको खबरले पनि छोएन उनलाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iD8Vae
via IFTTT
08 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top