Photo of Milford Sound in New Zealand

काठमाडौं, ११ पुस । हनी सिंहको करियर राम्रो चलिरहेको थियो । कुनै कुराको कमी थिएन । एकपछि अर्को गीत ¥यापर तथा गायक हनी सिंहको झोलीबाट निक्लिरहेका थिए । तर २०१४ मा उनी अचानक विरामी भए । सेही कारण उनी मानिसको नजरमा ओझेल परे । कसैलाई केही पत्तै भएन ।

२०१६ मा हनी सिंह पब्लिकमा आए, तर फेरी हराए । अब भने उनी फर्किएका छन् । ‘यो यो हनी सिंह’ अब आउने फिल्म ‘सोनू के टीटू की स्वीटी’ बाट आउन लागेका हुन् ।

यो फिल्ममा एउटा गीत छ, ‘दिल चोरी साड्डा हो गया’ जुन हंसराज हंसको यही नामको गीतको रिमिक्स हो । यही गीतमा उनले आवज दिएका छन् । पछिल्लो दुई बर्ष यता उनको यो पहिलो गीत हो ।

खतरनाक अवस्थामा थिए हनी

उनका बारेमा विभिन्न अड्कल काटिए । कोहीले ड्रग्सका कारण रिह्याव सेन्टरमा रहेको बताए । त कोहीले शाहरुख खानले जब हनी सिंहलाई नशाको हालतमा देखेर थप्पड मारेको समेत भन्न भ्याए । तर यी सबै कुरा गलत सावित भयो ।

१८ महिनासम्म घरमा रहेका हनी २०१६ मा सार्वजनिक भएका बेला एक अन्तवार्तामा भनेका थिएकी म बायपोलर डिसार्डरले ग्रस्त छु । सोही कारण उनी १८ महिनमा घरमा बस्न बाध्य भए । रक्सिको लतले उनलाई विगारेको थियो । एजेन्सी

The post डेढ बर्षपछि फर्किए हनी सिंह, किन भएका थिए गायव ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BVINDV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top